कतारको हलहरुमा आजदेखि ‘दुई नम्बरी’

नेपालमा सफल व्यवसाय गरेको चलचित्र दुई नम्बरी आज देखि कतारमा प्रदर्शन भएको छ ।
चलचित्रले आज बिहिवार प्लाजा मलमा राती ९ र ११:३० बजे र सिटी सेन्टर हलमा बेलुका ७:३० र राति १० बजेको शो पाएको छ । भोलि शुक्रबार देखि कतारको सबैजसो हलमा चलचित्र प्रदर्शन हुने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ ।
चलचित्रको शो समय बारे जानकारी लिन र टिकट बुकिङ q-tickets.com बाट गर्न सकिनेछ ।
दिपेन्द्र लामा निर्देशित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र बुद्दि तामाङको अभिनय छ । २ घण्टा ५ मिनेट लामो फिल्मले मित्रताको कथा भन्छ ।