आज दिउँसो सूर्यग्रहण लाग्दै
आज दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो १ बजेर ३५ मिनेटदेखि दुई घन्टा १७ मिनेट सम्म सूर्यग्रहण देखिने कतार क्यालेन्डर हाउसले जनाएको छ ।
खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको ३८ प्रतिशत अर्थात केही भाग मात्र छेकेको देखिन्छ ।
सामान्यतया चन्द्रमा सुर्य र पृथ्वीको बिचमा पुगेको बेला ग्रहण लाग्ने गर्दछ ।
नाङ्गो आँखाले ग्रहण हेर्न हुदैन। विशेष किसिमको चस्मा लगाएर ,वेल्डिङ ग्लास लगाएर वा पानीमा छायाँ पारेर ग्रहण हेर्न सकिनेछ ।
धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
92
मनपर्यो
22
खुसी लाग्यो
5
दुःख लाग्यो
4
रुन मन लाग्यो
6
हाँसो लाग्यो
5
रीस उठ्यो