"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

विश्वकपको बेला आफन्त ल्याउने प्रक्रिया बन्द हुँदै

विश्वकपको बेला आफ्नो मान्छे कतार ल्याउने गर्नुपर्ने प्रक्रिया बन्द हुने भएको छ।

हय्या प्लेटफर्म र एप बाट परिवार वा आफन्त ल्याउने आवेदनको प्रक्रिया नोभेम्बर १ देखि बन्द हुने सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले बताएको छ ।

नोभेम्बर १ देखि हय्या कार्ड सहित कतार एकोमोडेसन एजेन्सी वा अन्य पार्टी मार्फत होटेल बुकिङ तय गरेपछि मात्र कतार आउन पाइनेछ ।

दर्शकको यात्रा सुनिश्चित गर्न लाग्ने प्रक्रियाको सिमित समयका कारण उक्त सुविधा नोभेम्बर अघि नै बन्द गर्न लागिएको कमिटीले बताएको छ ।

टिकट भएका १० जना र टिकट नभएका ३ जना सम्म ल्याउन पाइने

विश्वकपको बेला कतारले आफन्त ल्याउन सुविधा अक्टोबर देखि दिएको थियो । हय्या कार्ड भएका दर्शकले आफू बस्ने कोठाको सम्झौता पत्र देखाएर खेलको टिकट भएका १० जना र टिकट नभएका ३ जना सम्म आफ्नो मान्छे कतार ल्याउन पाईन्छ ।

त्यस्तै लेबर क्याम्पमा बस्ने हय्या कार्ड भएका दर्शकले कम्पनीको स्वीकृति पत्र देखाएर खेलको टिकट भएका १० जना र टिकट नभएका ३ जना सम्म आफ्नो मान्छे कतार ल्याउन पाइने सुविधा रहेको छ ।

तोकिएको कागजपत्र देखाएर प्रक्रिया पूरा गरे २४ घन्टा भित्र आफन्तको लागि ईन्ट्री परमिट पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
39
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button