अल सेनिम पार्क सर्वसाधारणको लागि खुला गरियो
नवनिर्मित अल सेनिम पार्क सर्वसाधारणको लागि खुला गरिएको छ ।
नगरपालिका मन्त्री अब्दुल्ला बिन अब्दुलअजीज बिन तुर्की अल सुबाइ अलले रयान नगरपालिकाको उम अल सेनिममा बनेको पार्कको हिजो उद्घाटन गरेका थिए ।
पार्कमा विश्वकै सबैभन्दा लामो एसी जडित पैदल मार्ग निर्माण गरिएको छ । गर्मीको समयमा २६ डिग्री सेल्सियस सम्म तापक्रम राख्ने उक्त १.१४३ मिटर लामो मार्गले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गरिसकेको छ ।
पार्क एक लाख तीस हजार वर्ग मिटरमा फैलिएको छ । जसमा १८ थरिका ९१२ रुख रोपिएको छ । त्यस्तै १,१४३ मिटर लामो साइकल ट्रयाक ,बालबालिका लागि दुईवटा खेल मैदान,६ वटा खाना खाने स्थान,प्राथना हल पनि पार्कमा उपलब्ध छन् ।
यो संगै कतारमा १४८ वटा पार्क निर्माण भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
71
मनपर्यो
73
खुसी लाग्यो
11
दुःख लाग्यो
2
रुन मन लाग्यो
4
हाँसो लाग्यो
11
रीस उठ्यो