भिजिट भिसालाई फ्यान भिसामा बदल्न सकिने

नोभेम्बर १ अघि कुनै पनि प्रकारको भिजिट भिसामा कतार आएका र हय्या कार्ड भएका व्यक्तिले भिसा परिवर्तन गर्न पाउने भएका छन् ।
त्यस्ता व्यक्तिले राहदानी निर्देशनालय केन्द्र वा आन्तरिक मन्त्रालयको सेवा विभागमा गएर भिजिट भिसालाई ‘फ्यान भिसा’ बनाउन पाउनेछन् । त्यसको लागि पाँच सय रियाल शुल्क लाग्नेछ । भिसा परिवर्तन गरिसकेपछि जनवरी २३,२०२३ सम्म कतारमा बस्न पाइनेछ ।
गएको नोभेम्बर १ देखि विश्वकप प्रतियोगिताको अवधिभर कतार प्रवेश गर्न अनिवार्य रुपमा हय्या कार्डको आवश्यकता रहेको छ ।