विश्वकपको टिकट बेच्ने तीन जना पक्राउ
विश्वकपको टिकट बेच्ने तीन जनालाई कतार प्रहरीले पक्राउ गरेको छ ।
अनौपचारिक माध्यम मार्फत टिकट पुन बिक्री गरेको आरोपमा तीन व्यक्तिलाई पक्राउ गरिएको आन्तरिक मन्त्रालयले बताएको छ । फिफा र आयोजक राष्ट्रले स्वीकृत गरेको आउटलेटबाट मात्र विश्वकप टिकट बेच्न पाइन्छ। मन्त्रालयले ती व्यक्तिहरुको राष्ट्रियता भने खुलाएको छैन ।
२०२१ को कानून नम्बरको धारा नम्बर १९ बमोजिम फिफालाई मात्र टिकट जारी गर्ने, वितरण गर्ने र बेच्ने एकाधिकार रहेको छ । फिफाको इजाजत बिना टिकट बिक्री वितरण वा साटासाट गर्न अपराध मानिन्छ । नियम उल्लंघन गर्नेलाई दुई लाख पचास हजार रियाल सम्म जरिवाना हुने कानुनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
6
मनपर्यो
14
खुसी लाग्यो
3
दुःख लाग्यो
0
रुन मन लाग्यो
8
हाँसो लाग्यो
4
रीस उठ्यो