रंगशालामा मदिरा बिक्री गर्न नपाइने

भोलि देखि सुरु हुने फिफा विश्वकपको आठ वटा रंगशाला परिसरमा मदिरा बिक्री गर्न नपाइने भएको छ ।
कतारी अधिकारीहरू र फिफा बीच भएको छलफलपछि रङ्गशाला परिधिबाट बियर विक्री केन्द्रहरू हटाउने फिफाले बताएको छ ।
यद्यपि फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्री वितरण जारी रहने फिफाले वक्तव्यमा भनेको छ। त्यस्ता स्थानमा ५०० एमएल बियरको ५० रियाल पर्नेछ ।
त्यस्तै बड जिरोको सबै रङ्गशालाहरूमा उपलब्ध हुनेछ।