अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ ।
फिफा विश्वकपको समुह सी अन्तर्गत आज लुसेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितको लागि कप्तान लियोनल मेस्सीले खेलको ६४ र फर्नान्डेजले ८७ औं मिनेटमा गोल गरेका थिए ।
आजको जित संगै अर्जेन्टिना समुहको दोस्रो स्थानमा उक्लेको छ । आजै भएको अर्को खेलमा पोल्यान्डले साउदी अरेबियालाई हराउँदै समुहको पहिलो स्थानमा पुगेको छ ।
अर्जेन्टिनाले अब ३० तारिक पोल्यान्डको सामना गर्नेछ ।