८८,९६६ दर्शकले हेरे अर्जेन्टिना विरुद्ध मेक्सिकोको खेल

फिफा विश्वकप २०२२ अन्तर्गत लुसेल रंगशालामा हिजो भएको अर्जेन्टिना विरुद्ध मेक्सिकोको खेल ८८,९६६ दर्शकले हेरेका छन् ।
फिफाको अनुसार २८ वर्ष पछि पहिलोपटक विश्वकपमा यतिधेरै दर्शकले रंगशाला आएर खेल हेरेका छन् । यसअघि सन् १९९४ मा अमेरिकाको रोज बौल रंगशालामा ९१,१९४ जनाले इटाली विरुद्ध ब्राजिलको फाइनल खेल हेरेका थिए ।

विश्वकपको इतिहासमा ब्राजिलको माराकाना रंगशालामा सन् १९५० मा भएको उरुग्वे विरुद्ध ब्राजिलको फाइनल खेल १,७३,८५० जना दर्शकले हेरेका थिए ।