बिहीबार देखि महापुरुष प्रदर्शन हुने

नेपालमा सुपरहिट बनेको चलचित्र महापुरुष कतारमा पनि रिलिज हुने भएको छ ।
डिसेम्बर १ देखि कतारको सम्पुर्ण हलहरुमा फिल्म प्रदर्शन हुने कस्तो राम्रो इभेन्ट्सले क्युएन खबरलाई जानकारी दिएको छ । जात्रा,जात्रै जात्रा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका प्रदीप भट्टराई र मह जोडीको अभिनयका कारण पनि महापुरुषको माग रहेको छ ।
प्रदीप भट्टराई निर्देशित यो सोसल ड्रामा फिल्मले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा भन्छ । हरिवंशसहित फिल्ममा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, शिरु विष्टलगायतका कलाकारहरुको अभिनय रहेको छ ।