सवारी भित्रको सामान चोरी गर्ने ३ जना पक्राउ

देशको विभिन्न स्थानमा पार्किङ स्थलमा राखिएको सवारीको झ्याल फुटाई समान चोरी गर्ने ३ जनाको समूहलाई कतार प्रहरीले पक्राउ गरेको छ।चोरी भएका विभिन्न सवारी धनी बाट उजुरी पर्न थालेपछि अपराध अनुसन्धान विभागले अनुसन्धान तिब्र पारेको थियो।

अनुसन्धानको लागि प्रहरीले एक विशेष टोली छुटाएर खोजी कार्य गरेपछि अफ्रिकी मूलका ती ३ जना पक्राउ परेका हुन्।टोलीले उनीहरूबाट चोरिएको सामान पनि बरामद गरेको छ।प्रहरी सँगको सोधपुछमा गल्ती स्वीकार गरेपछि उनीहरूलाई थप कानूनी प्रक्रिया अघि बढाइएको आन्तरिक मन्त्रालयले जनाएको छ।

कुनै शंकास्पद घटनाको ९९९ मा उजुरी गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button