बिज्ञापन

तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसिया

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ ।

तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरोक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो ।

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button