दुइसातामा ‘बार्दली’ लाई १ करोड ३६ लाख पटक हेरियो

काठमाडौँ, कात्तिक २६-
चर्चित गायक सुशान्त केसीको गीत ‘बार्दली’ लाई करोड पटक हेरिएको छ। कात्तिक ११ गते सार्वजनिक गीतले दुइसातामा एक करोड भ्युज पाएको हो।
सोमबार दिउँसोसम्म यस गीतलाई १ करोड ३६ लाख पटक हेरिएको छ। गीतमा शुसान्तकै शब्द, संगीत र स्वर रहेको छ।
गीतको भिडिओमा सुशान्तसहित आकृति राजभण्डारी, शशांक बोहरा, इन्द्रकला राई, निश्चल बस्नेत, आना शर्मा, स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठको अभिनय छ। अन्जोन लिम्बुको निर्देशन रहेको गीतको भिडिओलाई नयन राईले खिचेका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो