बिज्ञापन

दोहा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिने

दोहा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिने भएको छ ।

विश्वकपको बेला हवाई ट्राफिक तथा यात्रु व्यवस्थापन गर्न सुचारू गरिएको पुरानो विमानस्थल डिसेम्बर ३१ देखि बन्द गर्न लागिएको हो ।

विमानस्थलले जारी गरेको सूचना अनुसार डिसेम्बर ३१ देखि सम्पुर्ण विमानको उडान हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ ।

गएको सेप्टेम्बर २१ देखि नेपाल एयरलाइन्स सहित १३ कम्पनीको विमानले पुरानो विमानस्थलबाट उडान र अवतरण गर्दै आएको थियो ।

आधिकारिक सवारी र पार्किङको नियम खारेज

पिक अफ र ड्रप अफका लागि आधिकारिक सवारीलाई मात्र विमानस्थलको गेटमा प्रवेश दिइने नियम पनि खारेज भएको छ । त्यस्तै पार्किङको नयाँ नियम पनि हटेकाे छ । अब सुरुको ३० मिनेट सवारी पार्किङ निशुल्क हुने र त्यसपछि १५ रियाल देखि माथि शुल्क लाग्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button