बिज्ञापन

हप्तैभरि वर्षाको सम्भावना

देशको प्राय भूभागमा हप्तैभरि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

अरेबियन पेनिन्सुलामा उत्तरपश्चिमी वायुको प्रभावका कारण अव्यवस्थित मौसम देखिने विभागले रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।

विभागको अनुसार शनिबारसम्म मौसम आंशिक बदली देखि पुरै बदली भई कडा हावाहुरी संगै केही स्थानमा  वर्षा हुनसक्ने देखिएको छ।

वर्षाको सम्भावना विशेषगरी शुक्रबार र शनिबार रहेको विभागले बताएको छ ।

विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
26
मनपर्‍यो
खुसी लाग्यो
92
खुसी लाग्यो
दुःख लाग्यो
7
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
9
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button