अपडेट : मन्सुरामा चार तल्ले भवन भत्कदा एक जनाको मृत्यु

मन्सुरामा आज बिहान ४ तल्ले भवन भत्किएको छ । बि रिङ रोडस्थित रहेको लुलु एक्स्प्रेस पछाडि बिन धुरहम क्षेत्रमा रहेको भवन आज बिहान करिब ८ बजे भत्किएको छ ।
भवनमा पाकिस्तान, इजिप्ट र फिलिपिन्स राष्ट्रका नागरिकका परिवार फसेको र उद्दार कार्य जारी रहेको बताईएको छ ।
अहिले उक्त स्थानमा सिभिल डिफेन्स,एम्बुलेन्स र प्रहरीको टोलि तैनाथ छन् । भत्किएको भवनबाट हालसम्म सात जनाको उद्दार गरिएको र एक जनाको मृत्यु भएको आन्तरिक मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । मन्त्रालयको अनुसार भवन ४ तल्ले रहेको थियो ।