बाढीपीडितका लागि आयल निगमले गर्यो तीन करोड सहयोग

काठमाडौँ, कार्तिक ५-
नेपाल आयल निगमले असोज दोस्रो साता अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा सो बराबरको रकम सहयोग गरेको हो ।
निगमका कार्यकारी निर्देशक डा। चण्डिका भट्टले उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गरेका छन् । सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो ।
निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो