बिज्ञापन

फिफा अरब कपको टिकट काउन्टर बाट पनि खरिद गर्न सकिने

फिफा अरब कपको लागि टिकट अब काउन्टर बाट पनि खरिद गर्न सकिने भएको छ ।

अल कासर मेट्राे स्टेशन बाट पुग्न सकिने दोहा एक्जिबिसन सेन्टरमा राखिएको फिफाको काउन्टर बाट उद्घाटन खेल देखि फाइनल खेल सम्मकै टिकट आज देखि खरिद गर्न सकिने भएको हो । सोही काउन्टर बाट खेल हेर्न अनिवार्य रहेको फ्यान आईडी पनि लिन सकिन्छ । टिकट दर २५ देखि २४५ रियाल बिच रहेको छ ।

फिफा अरब कप २०२१

फिफा अरब कप प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत रंगशालाको उद्घाटनसंगै कतारले बहराइनको सामना गर्नेछ । सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ । सोही दिन युएई विरुद्ध सिरियाको खेल हुने रस अबु अबौद रंगशालाको पनि उद्घाटन हुँदैछ ।

२०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु  सन्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
16
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button