बिज्ञापन

दोहामा सुशील पोखरेलले जिते मास्टर ग्रीलरको उपाधि

ऋषि विश्वकर्मा

सुशील पोखरेलले मास्टर ग्रीलरको उपाधि जितेका छन् ।

दोहास्थित नान्डोस रेस्टुरेन्ट बाट आयोजित मास्टर ग्रीलर २०२४ प्रतियोगितामा हिजो १२ रेस्टुरेन्टका १३ प्रतिस्पर्धीलाई पछि पार्दै पोखरेल विजयी भएका हुन् ।

लमजुङ घर भै हाल दोहालाई कर्म थलो बनाउदै आएका सुशीलले विगत १० बर्ष देखी नान्डोसमा शेफ काम गर्दै आइरहेका छन् ।

विजेता सुशीलले दक्षिण अफ्रिकाबाट आएका प्रमुख अतिथि एल एन्ड डी प्रबन्धक म्याग्नस,भारत तथा मध्य पूर्व अफ्रिका प्रमुख नादिरा ,आईएमइए प्रमुख किरी सप र अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षक जोए बाट ट्रफी ,प्रमाणपत्र संगै एक लाख १० हजारर रुपैयाँ प्राप्त गरेका छन् ।

दक्षिण अफ्रिकाको फ्रान्चाइज रेस्टुरेन्ट नान्डोसले सन् २००१ देखी दोहाको विभिन्न शहरहरुमा पेरी-पेरी फ्लेम ग्रील्ड चिकन सेवा प्रदान गर्दै आएको छ । विभिन्न राष्ट्रका ३५० भन्दा बढी कर्मचारी रहेका यस रेस्टुरेन्टमा हरेक वर्ष हुने मास्टर ग्रीलर प्रतियोगितामा गएको वर्ष पनि काभ्रेपलान्चोकका विष्णु गुरुङ विजेता भएका थिए ।

दोहामा हुने प्रतियोगिता जिते अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागी अन्य देश जानुपर्ने हुन्छ । अफ्रिकाको बोत्स्वानामा यहि वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा ३२ राष्ट्रका नागरिकले भाग लिदै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
20
मनपर्‍यो
खुसी लाग्यो
28
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button