बिज्ञापन

भरतपुरको सीएमटी रिसोर्टले पर्यटन मन्त्रालयबाट पायो थ्री स्टार रिसोर्टको मान्यता

चितवन, वैशाख १३-

भरतपुर महानगरपालिका–९ हाकिमचोकमा रहेको चितवन मिड टाउन ( सीएमटी) रिसोर्टले थ्री स्टार सुविधाको मान्यता प्राप्त गरेको छ ।

एक बिघा क्षेत्रफलमा सञ्चालन भइरहेको सीएमटीले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागबाट थ्री स्टार सरहको माध्यता प्राप्त गरेको हो ।

भरतपुर महानगरपालिका क्षेत्रमा थ्री स्टार मान्यता प्राप्त गर्ने यो पहिलो रिसोर्ट बनेको रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले जानकारी दिए ।

सम्भवत् चितवनमै सबैभन्दा धेरै व्यक्तिहरुलाई एकैपटकमा सेवा दिने गरी विभिन्न पेसा, व्यवसायहरुमा संलग्न व्यक्तिहरुको सामूहिक लगानीमा रहेको रिसोर्टलाई पाँच जनाको बोर्ड अफ डाइरेक्टरको टिमले सञ्चालन गरिरहेको छ ।

दुई हजार जना भन्दा बढी व्यक्तिहरु अट्ने १२ हजार ३०० स्क्वायर फिटको टाउन हल, ५०० जना अट्ने दुई हजार ७९० स्क्वायर फिटको मिट हल, २०० जना अट्ने एक हजार ८८१ स्क्वायर फिटको चितवन हल, ३५० स्क्वायर फिटको कन्फरेन्स हल र बिजनेश हलहरुबाट एकैपटकमा सेवा लिन सकिने रिसोर्टमा प्रत्यक्ष किचनको अनुभव लिई आफूलाई मन परेका खाजा, खानाको स्वाद लिने व्यवस्था समेत रहेको प्रबन्ध निर्देशक घिमिरेले बताए ।

रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न ४५ वटा रुमको रहेका छन् । स्थानीयस्तरमा उत्पादन भएका खाद्य वस्तुलाई विशेष प्राथमिकतामा राखिएको रिसोर्टमा ८५ जनाले प्रत्यक्ष र अन्य केहीले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् ।

रिसोर्टमा यथेष्ट पार्किङ सुविधा, स्वीमिङ पुल, यथेष्ट गार्डेनको सुविधा रहेको रिसोर्टमा वाटर, लाइट र म्युजिकसहितको फाउन्टेन समेतको सुविधा रहेको छ भने अन्यत्र बास बसेका विदेशी पाहुनाले ब्रेकफाष्ट, लन्च र रेष्टका लागि मुख्य गन्तव्यको रुपमा रिसोर्टबाट सेवा लिँदै आइरहेका छन् । महेन्द्र राजमार्गको मुख्य हाईवेसँगै जोडिएको रिसोर्ट भरतपुर विमानस्थलबाट ५ मिनेटको दूरीमा पुग्न सकिन्छ । रिसोर्ट परिसरमा ईभी (इलेक्ट्रिक भेहिकल) गाडीहरुको लागि छुट्टै चार्जिङ प्वाइन्टको समेत व्यवस्था गरिएको प्रबन्ध निर्देशक घिमिरेको भनाइ छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button