जुम्लामा वडाध्यक्षसहित ५ सय ३८ जना माओवादीमा प्रवेश

काठमाडौँ, कात्तिक १०-

जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ का निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। स्वतन्त्रबाट उठेर वडाअध्यक्ष जितेका कामी नेतृत्वको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कनकासुन्दरी ६ गोरुचौरमा एक कार्यक्रम गरी पार्टीमा स्वागत गरेका हुन्।

कामीसहित वडा सदस्यहरु चनाखी कुलाला र गोल दमाई लगायतका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला ईन्चार्ज नरेश भण्डारीले बताए।

नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विभिन्न पार्टीबाट ५ सय ३८ जनाले प्रवेश गरेको पार्टीको सचिव नवीन शर्माले बताए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button