बिज्ञापन

चितवनको कालिकामा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, जेठ १०-
चितवनको कालिका नगरपालिकामा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १० पाइमाराङमा जेसीवी दुर्घटना हुँदा खैरहनी नगरपालिका वडा नं १० निवासी ३६ बर्षीय चालक कृष्ण थापाको मृत्यू भएको भएको हो ।

प्रहरीका अनुसार इच्छाकामनाको काउलेबाट कालिकाको सिद्धि तर्फ आउदै गर्दा पाइमारामा बागमती प्रदेश ०३००१ क २५८ नम्बरको जेसीवी दुर्घटनामा परेको हो । दुर्घटनामा पनि चालकको घटना स्थलमै मृत्यू भएको हो । पाइमाराङको घुमाउरो ठाउँबाट जेसीवी ३०० मिटर तल खसेको चितवन प्रहरीले जानकारी दिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button