बिज्ञापन

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु

काठमाडौं, असार ११-

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको हो। घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै बिहान पौने ९ बजे गौरीगंज गाउँपालिका-३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको थियो।

वडा नम्बर ८ बस्ने उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा चट्याङले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कृष्ण चन्दले बताए।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button