एनआरएनए कतारको शुभकामना कार्यक्रम सम्पन्न

१४ अप्रिल दोहार गैरआवासीय नेपालीसंघ, राष्ट्रिय समन्वय परिषद कतारकोसमन्वयमा कतारमा स्थापित ४५ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा१३ अप्रिल २०१८ का दिन नेपालीनयाँ वर्ष २०७५ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए एनसीसी कतारकाअध्यक्ष नगेन्द्र पोखरेलकोसभापतित्वमा नेपाली दुतावासकामहामहिम राजदुत प्रा। रमेश प्रसादकोईरालाको प्रमुख आतिथ्यमा सम्पन्नकार्यक्रमामा विशेष अतिथिहरु दुतावासपरिवारबाट शुष्मा कोईराला, नियोग उपप्रमुख मणिरत्न शर्मा, कन्सुलर शिवपोखरेल, प्रथम सचिव उत्तमराज जोशी,प्रथम सचिव गायत्री बहादुर पौडेल रश्रम सहचारी नरेन्द्र ज्ञवाली रहनुभएको थियो ।

 

त्यसैगरि विशेष अतिथि कै रुपमाएनआरएनए मध्यपूर्व संयोजक आर।के। शर्मा, आईसीसी मानार्थ परिषदसदस्यहरु टि।बि। कार्की नरेन्द्र भाट,बिल गुरुङ, महेन्द्र चौलागाई आईसीसीसदस्यहरु बिमल सुवेदी, कुमार कार्की,एनसीसी प्रमुख सल्लाहकार तथानिवर्तमान अध्यक्ष बिनेश तामाङ रआईसीसी पूर्व सदस्य हंसराज ढकालरहनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गरेपश्चात उपस्थित सम्पूर्णलाईआयोजकको तर्फबाट नेपाली महिलासमाजकी कार्यबाहक अध्यक्ष अमिनाखानले स्वागत मतव्यद्वारा स्वागतगरेसंगै प्रमुख अतिथि महामहिमराजदुत प्रा। रमेश प्रसाद कोईरालालेदिप प्रज्वलन गरी कार्यक्रमकोउदघाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महामहिमराजदुत प्रा। रमेश प्रसाद कोईरालालेऔपचारिक कार्यक्रमको सुरुवातमैशुभकामना मन्तव्यद्वारा सम्पूर्णनेपालीहरुलाई नेपाली दुतावासपरिवारको तर्फबाट नयाँ वर्ष २०७५ कोशुभकामना व्यक्त गर्नुभएको थियो ।मन्तव्यको क्रममा उहाँले भन्नुभयो,कतारमा एउटा नेपाली हाउसकोआवश्यकता छ र त्यसको पहलभईरहेको छ । अबको नयाँ वर्ष नेपालीहाउसको उद्घाटन संगै त्यही स्थलमाशुभकामना आदान(प्रदान गरी नयाँवर्षमनाउन पाउनेछौं ।

कार्यक्रममा एनआरएनए आईसीसीकोतर्फबाट मध्यपूर्व संयोजक आर।के।शर्मा, नेपाली प्रवासी मंच कतारकाकार्यबाहक अध्यक्ष द्रोण बहादुर बस्नेत,नेपाली जनसम्पर्क समितिक महामन्त्रीमो। अजिज अलि, जनप्रगतिशील मंचकतारका सह संयोजक राजु डुम्रे, तराईमधेश प्रवासी मंच कतारका अध्यक्षहुसेन खान, अन्तर्राष्ट्रिय नेपाली समाजकतारका संयोजक देव परियार, नेपालप्रवासी आदिवासी जनजाती महासंघकतारका महासचिव शिव भुजेललेशुभकामान मन्तव्य राख्नुभएको थियोभने दलित संस्थाहरुको प्रतिनिधित्वगर्दै दलित एकता संजाल, राष्ट्रियसमन्वय समिति कतारका अध्यक्षकिरण परियारले शुभकामना मन्तव्यराख्नुभएको थियो ।

त्यसैगरी शुभकामान मन्तव्य राख्नेक्रममा जिल्ला संस्थाहरुको तर्फबाटप्रदेश नं। १ को सम्पूर्ण जिल्लासंस्थाहरुको प्रतिनिधित्व गर्दै तेह्रथुमसेवा समाज कतारका अध्यक्ष सन्तोषखड्का, प्रदेश नं। २ र ३ को तर्फबाट मकवानपुर मिलन केन्द्र कतारकाअध्यक्ष रमेश तिवारी, प्रदेश नं। ४ कोतर्फबाट म्याग्दी प्रवासी नेपाली संघ९मोना० कतारका अध्यक्ष रमेश पौडेल,प्रदेश नं। ५ को तर्फबाट अर्घाखाँचीसेवा समाज कतारका उपाध्यक्ष केदारभुषाल र प्रदेश नं। ६ र ७ को तर्फबाटसुदुरपश्चिमेली नेपाली समाज कतारकाबरिष्ठ उपाध्यक्ष प्रेम चलाउनेलेशुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कलाकार भरत के।सी। कोयो देश फेरी भन्छ बोलको गीतमादेशभक्ति नृत्यसंगै सुरु भएकोसांस्कृतिक प्रस्तुतिका क्रममा नेपालप्रवासी तामाङ समाज कतारबाट सेलोनृत्य र गायन, नेपाल मगर संघ, शाखाकतारबाट हुर्रा नृत्य, तमु ९गुरुङ०समाज कतारबाट सालैजो नृत्य, प्रदेशनं। १ जिल्ला संस्थाहरुको तर्फबाटसंखुवासभा समाज कतारले मारुनीनृत्य र धनकुटा प्रवासी सेवा समाजकतारबाट गायन, प्रदेश नं। २ बाट मैथली नृत्य, प्रदेश नं। ३ बाट क्यारीकेचर, प्रदेश नं। ४ बाट सामुहिक कौडानृत्य, प्रदेश नं। ५ बाट नृत्य तथा गायन,प्रदेश नं। ६ र ७ बाट देउडा नृत्यलगायत अन्य विभिन्न संस्थाकाकलाकारहरुको जोडदार गायन रनृत्यद्वारा उपस्थित दर्शकहरुलाई भरपुरमनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रमको अन्तिममा एनआरएनएएनसीसी कतारका प्रथम उपाध्यक्ष तथासंघ(संस्था समन्वय समितिकासंयोजक तेज कटुवालले कार्यक्रममाविभिन्न पक्षबाट प्रत्यक्ष अप्रत्यक्षसहयोग गर्नुहुने साथै कार्यक्रम सफलबनाउन उपस्थित सम्पूर्णलाई हार्दिकधन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमलाई कार्यक्रमको सभापतिएनआरएनए एनसीसी कतारकाअध्यक्ष नगेन्द्र पोखरेलले कार्यक्रमसमापन गर्नुभएको थियो । उहाँलेकार्यक्रम भब्य रुपमा सफल भएको छर सम्पन्न गर्न कार्यक्रम आयोजकसंस्थाहरुले पटक पटक छलफल गरीदिएको म्यान्डेट अनुसार कार्यक्रमसञ्चालन भएको जानकारी गराउनुभयो । यस कार्यक्रममा भएका कमीकमजोरी सफलता असफलता बारेहामी आयोजक संस्थाहरुले त्यसकोजिम्मेवारी लिनु पर्ने जनाउदै आगामीदिनहरुमा पनि यस्तै यसरी नैसहकार्यको लागि अनुरोध गर्नु भयो ।

कतारमा कृयाशील ४५ वटासंस्थाहरुद्वारा संयुक्त आयोजना भएकोत्यस कार्यक्रमलाई सफल पार्न सबैआयोजक संस्थाहरुले विभिन्नजिम्मेवारी बहन गरेका थिए । कतारमास्थापित विभिन्न संघ(संस्थाका प्रमुखतथा ति संस्थाका पदाधिकारी तथासदस्य आवद्ध गैरआवासीय नेपालीसंघ, राष्ट्रिय समन्वय परिषद कतार सामाजिक संस्थाहरुका साझा संस्थाको हैसियतले विभिन्न समयमाचरणवद्ध रुपमा यस्ता सामुहिककार्यक्रमहरुको समन्वयकारी भूमिकानिर्वाह गर्दै आएको छ ।

संघकै समन्वयमा यस अघि नयाँ वर्ष२०७४ को शुभकामना आदान(प्रदान,बडा दशैँ, तिहार, छठपर्व, बुद्ध जयन्तीजस्ता सम्पूर्ण नेपालीले मान्ने गरेकाराष्ट्रिय पर्वहरु संयुक्त रुपमा आयोजनागरि सबै संस्थाहरुविच आपसी सम्बन्धर भाईचाराको विकास गर्न साथैआर्थिक भारलाई समेत कम गराउनेअभियान स्वरूप संघको समन्वयमाचौथौं कार्यक्रमको रुपमा यसकार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम एनसीसी कतारका महासचिवबुधवल गुरुङ र तमू ९गुरुङ० समाजकतारका महासचिव तेज गुरुङलेसंचलान गर्नुभएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button