हमाद विमानस्थललाई विश्वकै उत्कृष्टको उपाधि

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले ‘समग्रमा विश्वकै उत्कृष्ट’को उपाधि हात पारेको छ ।
विमानस्थललाई १९ औं वार्षिक ग्लोबल ट्राभलर टेस्टेड रीडर सर्भेले “विश्वको उत्कृष्ट समग्र विमानस्थल” को रूपमा छनोट गरेको हो ।
यात्रुहरुको भोटिङको आधारमा उत्कृष्ट विमानस्थलको सर्वेक्षण गरिएको थियो।विमानस्थलले लगातार छैठौं वर्ष ‘मध्य पूर्वको उत्कृष्ट विमानस्थल’ अवार्ड पाएको थियो।
हमाद विमानस्थल यसअघि स्काई ट्रयाक्स बाट विश्वकै ५ विमानस्थल मध्य ५ तारे विमानस्थल भित्र घोषित भइसकेको छ। त्यस्तै यसले स्काई ट्रयाक्स कै उत्कृष्ट विमानस्थल २०१६ को छैठौं स्थानको अवार्ड जितेको थियो। त्यस्तै खाडी क्षेत्रको उत्कृष्ट विमास्थलमा लगातार तेस्रो पटक र उत्कृष्ट स्टाफ सेवाको अवार्ड समेत दुई पटक जितिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
89
मनपर्यो
142
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
26
हाँसो लाग्यो
2
रीस उठ्यो