आज २७९ जना कोरोना भाइरस देखियो, एक जनाको मृत्यु पनि

आज नयाँ २७९ जना कोभीड-१९ (कोरोना भाइरस)को संक्रमित भेटिएका छन् भने १२३ जना निको भएका छन् ।  यो संगै कतारमा भाइरस संक्रमितको संख्या १६०४ पुगेको छ । आज मृत्यु हुने ८८ वर्षीय कतारी नागरिक रहेका छन् ।

कुल ३५७५७ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ४ जनाको मृत्यु भएको छ ।

आज भाइरस देखिएका मध्येहरु केहि विदेश बाट आएका छन् भने प्राय पुरानै बिरामी बाट संक्रमितहरु छन् । भाइरस सम्बन्धि कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिन्छ । सरकारले ल्याब केन्द्र बढाएर परिक्षण तिब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि हेरौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button