दोहामा रेड एरो टिमले सेप्टेम्बर ३० मा प्रस्तुति दिने

झण्डै चार वर्ष पछि कतारको बासिन्दाले बेलायतको विश्व प्रख्यात रोयल आर्मी फोर्स टीम, रेड एरोको रोमाञ्चक प्रस्तुति दोहाको आकाशमा हेर्न पाउने भएका छन्।

कतारस्थित बेलायती दूतावासले आफ्नो ट्विटर अकाउन्ट मार्फत सेप्टेम्बर ३० तारिख शनिबार बेलुका ४:३० मा कर्नेशको आकाशमा उक्त प्रस्तुति दिने जानकारी गराएको छ।

लगभग ५७ देशमा करिब ४,८०० प्रस्तुति दिइसकेको रेड एरो टिमले यतिखेर खाडी क्षेत्रको ५ हप्ते भ्रमणमा बेलायत सबै देशमा व्यवसायको लागि तयार रहेको सन्देश छर्दै ८ राष्ट्रमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।

केही समय अघि कतारले बेलायतसँग खर्बौ अमेरिकन डलर बराबरको २४ टाइफुन (फाइटर जेट) किन्ने सम्झौता पछि रेड एरोको प्रस्तुतिले प्राथमिकता पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button