कतारमा भाइरस : एकैदिन ३ जनाको ज्यान गयो

गएको २४ घण्टामा २५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २३५ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये २२५ जना स्थानीय र २७ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३०,४६२ पुगेको छ ।
भाइरसको कारण आज एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ९,४४४ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२८ रहेको छ र निको हुनेको संख्या १,२७,३२८ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४१ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३८४ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३८ जना
आज सम्म जाँच भएको संख्या – ९,०८,८८३ जना
अझै निको हुन बाँकीको संख्या : २,९०६ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।