बिज्ञापन

नारायणगढका तीन वटा पसलमा लागेको आगो नियन्त्रणमा, क्षतीको विवरण आउन बाँकी

चितवन, कात्तिक ३०-

भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित कमलनगरका तीन वटा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार साँझ ७ः४० बजेको सममया लागेको आगो भरतपुर महानगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानियको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको हो ।

आगोलागीबाट भएको क्षतीको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार कमलनगरका उज्वल श्रेष्ठको ब्लक र जस्ताले छाएको दुई तले भवनमा हिमाल थापाले सञ्चालन गरेको हिमालयन युनिफम कपडा पसल, आमोद प्रसाद गुप्ताले सञ्चालन गरेको कुलकुर्ता कलेक्सन र सुरज जैसवालले सञ्चालन गर्दै आएको न्यू गणपति स्टोरमा अचानक विद्युतको तार सट भई आगोलागी भएको थियो । फाईल फोटो

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button