अन्तराष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

कतारा एम्फिथिएटरमा भोलि मार्च ६ देखि १० तारिख सम्म अन्तराष्ट्रिय बीच भलिबल प्रतियोगिता हुनेभएको छ।विश्व प्रख्यात संगीतकर्मी तथा अपरको प्रस्तुति आयोजना भइसकेको सो एम्फिथिएटरमा कतारा बीच भलिबल २०१८ हुन लागेको हो।आयोजकको अनुसार एम्फिथिएटर भित्र आयोजना हुने यस प्रतियोगिता खाडी क्षेत्रकै पहिलो रहेको छ।

प्रतियोगितामा कतार बाट ३ टिम सहित २८ राष्ट्रका ५६ टिमको सहभागिता रहनेछ।जसमध्ये विश्व चर्चित १४ खेलाडीहरू पनि रहनेछन्।प्रतियोगिता अन्तराष्ट्रिय भलिबल फेडेरेसनको आयोजनामा विश्वभर भइरहेको “एफआईभीबि फोर स्टार २०१८” सिजनको १० मध्ये एक रहेको छ।त्यस्तै यस चार तारे प्रतियोगिता एफआईभीबले खाडी क्षेत्रमा अनुमति दिएको पहिलो हो।

 

यस प्रतियोगिता आयोजना गर्न कतारा भिलेज फाउन्डेसन र कतार भलिबल एसोसिएसनद्वारा गत फेब्रुअरीमा सम्झौता भएको थियो।खेल हेर्न गेट नम्बर ४ तर्फ बाट प्रवेश निशुल्क रहेको छ।

खेल मैदान जाने बाटो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button