युएईमा कतारको समर्थन गरे १५ वर्ष सम्मको जेल सजाय


कतार प्रति सहानुभूती देखाउनेलाई संयुक्त अरब इमिरेट्स (युएई) मा १५ वर्षको जेल सजाय र ५ लाख दिराम सम्मको जरिवाना हुने भएको छ । आज बिहान अरबी मिडियामा आएको विवरणमा युएईका महान्यायवादी परामर्शदाता डा.हमद सैफ अल शम्सीले युएईले दृढ रुपमा कतारको पक्षद्रोही र गैर जिम्मेवार नीतिको विरोध गरेको घोषणा गल्फ न्यूजले लेखेको छ ।
समाजिक सञ्जालमा वा कतै लेखेर,दृश्य देखाएर,मौखिक रुपमा र कुनै पनि तरिकाले कतारको समर्थन गर्नेलाई कडा तथा कठोर कारवाही गरिने अल शम्सीले थपेका छन् ।
आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरब,युएई,इजिप्ट र बहराइन,माल्दिभ्स लगायतका देशले सोमबार देखि कतार संगको कुटनीतिज्ञ सम्बन्ध तोडेको थियो ।