कतारले नेपालको बाढीपीडितलाई सहयोग गर्ने

कतार रेड क्रिसेन्ट संस्थाले नेपालको बाढीपीडितलाई सहयोग गर्ने भएको छ।राष्ट्रिय मानवअधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर रमजान अलि मियाको नेतृत्वमा नेपाली समुदायका विशिष्ट व्यक्तिहरूले आज संस्थाको कार्यकारी निर्देशक युसुफ अल सदा संग गरेको भेटघाट कार्यक्रममा सहयोगको घोषणा भएको हो।

भेटघाट कार्यक्रममा हालसालै नेपालमा गएको बाढीपहिरोले गरेको क्षति तथा त्यसको पुननिर्माण बारे विस्तृत रुपमा छलफल भएको थियो।छलफल सँगै नेपाली समुदाय बाट संस्थालाई सहयोग अपिल पनि हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा कतार रेड क्रिसेन्टका अन्तराष्ट्रिय उद्दार तथा पुनर्स्थापना प्रमुख खालिद जियाले करिब दुई करोड पैंतालिस लाख रुपैंया सहयोग उपलब्ध गराउने जानकारी दिनुभएको छ।साथै संस्थाका तर्फ बाट आउँदो बुधबार चार सदस्यीय टोली नेपाल जाने जियाले बताएका छन्।

त्यस्तै कतार रेड क्रिसेन्टले कतारको सम्बन्धित कार्यालयबाट स्वीकृत पाए लगत्तै नेपालको बाढीपीडितको सहयोगका निम्ति एक विशेष कार्यक्रम गर्ने भएको छ।साथै कतार फण्ड फर डेभलपमेन्टले पनि नेपालको रेड क्रस सोसाइटी मार्फत सहयोग गर्ने कार्यक्रममा जानकारी गराईएको छ।


भेटघाट कार्यक्रममा नेपाली महिला समाजका अध्यक्ष सुस्मिता भुसाल,प्रवासी नेपाली मञ्चका उपाध्यक्ष अब्दुल हफिज मिया,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सदस्य तथा लोक दोहोरी गायिका देविका के.सी गुरुङ,एभरेष्ट युथ क्लव कतारका अध्यक्ष उत्तम गुरुङ,व्यवसायी तथा समाजसेवी मुक्तदा मुसलमान लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो।

कतार रेड क्रिसेन्टले नेपालमा गएको बिनाशकारी भुकम्पमा पनि उल्लेखनिय सहयोग गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button