निजी क्षेत्रले पनि कोरोना परिक्षण गर्न पाउने

सरकारले निजी क्षेत्रलाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य मन्त्रालयले हिजो सूचना जारी गर्दै निजी स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाब संकलन हमाद अस्पतालमा परिक्षणका लागि ल्याउन अनुमती दिएको छ ।

सरकारले निजी क्लिनिक तथा अस्पताललाई परिक्षण गर्दा वास्तविक शुल्कको ५० रियाल भन्दा बढी नलिन बताएको छ । यद्यपि परिक्षण शुल्क कति लाग्ने बारे भनेर मन्त्रालयले केही खुलाएको छैन । त्यस्तै अनुमति पिसिआर परिक्षणका लागि मात्र रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

क- कसले परिक्षण गर्न पाउने ?

१. कोभिड – १९ को लक्षण भएका र श्वास फेर्न समस्या भएकाहरुको ।

२. भर्ना गर्नुपर्ने बिरामी र सर्जरी गर्नुपर्ने अवस्थाका बिरामी ।

३. स्वास्थ्यकर्मी ।

४. कोरोना देखिएका बिरामी संगै घुलमिल भएकाहरु ।

५. भाइरसको नेगेटिभ सर्टिफिकेट सहित कतार बाहिर जानपर्नेहरुलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button