अग्निपीडितलाई पुर्कोट सेवा समाज कतारको सहयोग

रेशम तामाङ्ग
पुर्कोट सेवा समाज कतारले अग्निपीडितलाई रकम सहयोग गरेको छ।समाजले नेपालको भानु नगरपालिका ९ पुर्कोट बडहरेका अग्निपीडित बाबुकाज पाण्डे र राम बहादुर पाण्डेलाई संयुक्त रुपमा एक कार्यक्रम बिच समाजका संरक्षक भरत बगाले द्वारा सहयोग रकम पच्चीस हजार दुई सय पच्चीस हस्तान्तरण गरेको छ।
पुर्कोट सेवा समाज पुर्कोटका अध्यक्ष बासु राज कडरियाको अध्यक्षतामा सन्चालित कार्यक्रममा सोही नगरपालिकाको वडा नं ८ का वडा अध्यक्ष भरत राज ढकाल,वडा नं ९ का अध्यक्ष निलम सञ्जिवा श्रेष्ठ,सचिब चाम नारायण श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका पदाधिकारीहरु लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति बिच कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित व्यक्तित्व पुर्कोट सेवा समाज दोहा,कतारको गतिविधि बारे खुलेर प्रशंसा गरेका थिए।यता यस अभियानमा सहभागी सम्पुर्णलाई सहयोगी हातहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको छ।
