बिज्ञापन

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं, मंसिर १७-

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।

श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाएर दोस्रो भए भने एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाएर तेस्रो भएका छन् ।

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत पाएका छन् ।

यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button