प्रिमियम पेट्रोलको मुल्य बढ्याे

फेब्रुअरी महिनामा तेलको भाउ बढेको छ ।
भोलि १ तारिख मंगलबार देखि लागू हुनेगरि प्रिमियम पेट्रोलको भाउमा ५ दिरहामले वृद्धि हुन लागेको कतार इनर्जीले जनाएको छ । यता सुपर पेट्रोल र डिजलको भाउ यथावत रहेको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल २.०५ र डिजल २.०५ रियाल प्रतिलिटर पर्नेछ।
सन् २०१७ देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
One Comment