बिज्ञापन

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमिरको शुभकामना

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रपति शपथ ग्रहणको अवसरमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले शुभकामना व्यक्त गर्नुभएको छ । अमिरले राष्ट्रपति बाइडेनलाई सफल कार्यकालको शुभकामना संगै दुई देशबिचको मित्रता र रणनीतिक सहयोगमा थप वृद्धि हुने आशा गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले आज देखि सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् ।

७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथ गराएका थिए ।

बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी थिइन् । एसियाली मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित पहिलो महिला हुन् । क्यापिटल हिलमा आयोजित समारोहमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लू बुस तथा बिल क्लिन्टन पूर्वप्रथम महिलाहरू सहित उपस्थित थिए । शपथग्रहण समारोहमा बाइडेनले आफ्ना अग्रजहरूलाई उपस्थित भएकामा धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button