विदेश भ्रमणका लागि गरिने स्वाब जाँच अब निजी अस्पतालले मात्र लिने

प्राथमिक स्वास्थ्य सेवा कर्पोरेसनले (PHCC) विदेश भ्रमण प्रायोजनका लागि लिदै आएको कोभिड -१९ (PCR) स्वाब जाँच अस्थायी रूपमा बन्द गरेको छ । आज आइतवार जनस्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटर मार्फत ट्वीट गर्दै उक्त कुरा बताएको हो ।
प्राथमिक स्वास्थ्य सेवा निगमका स्वास्थ्य केन्द्रहरू र चिकित्सा टोलीहरू राष्ट्रिय कोभिड -१९ खोप कार्यक्रमको अग्रणी स्थानमा छन् र कर्मचारीहरू भाइरसका लक्षण र लक्षणहरू देखाउने सबैलाई स्वाब जाँच गर्दै चौबीसै घण्टा काम गरिरहेका छन् ।
यी समुहहरूमा दबाब कम गर्न, कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरूको लागि सेवाहरू प्रदान गर्न र खोप लगाउनेहरूका निमित ध्यान केन्द्रित रहोस् भन्नका लागि प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू विदेश भ्रमण प्रायोजनका लागि दिदै आएको कोभिड -१९ (PCR) स्वाब जाँच अस्थायी रूपमा बन्द गरेको विज्ञप्तिमा भनीएको छ ।
प्राथमिक स्वास्थ्य सेवा निगमका स्वास्थ्य केन्द्रहरूमा गरिने स्वाब जाँच बन्द भएपनी निजी अस्पतालमा भने स्वाब जाँच गर्न सकिन्छ ।
सार्वजनिक स्वास्थ्य मन्त्रालयले (MOPH) देशका ४४ निजी स्वास्थ्य केन्द्रहरूलाई कोरोनाभाइरस पीसीआर परीक्षण गर्नका लागि अनुमोदन गरेको छ ।
स्वीकृत निजी स्वास्थ्य केन्द्रहरू यस प्रकार छन्:
1 – Al Emadi Hospital
2 – Turkish Hospital
3 – Doha Clinic Hospital
4 – Al Ahli Hospital
5 – Queen Hospital
6 – Dr. Moopen’s Aster Hospital
7 – Magribi Center for Eye, ENT & Dental
8 – Elite Medical Center
9 – West Bay Medicare
10 – Syrian American Medical Center
11 – Future Medical Centre
12 – Dr. Khaled Al Sheikh Ali’s Medical Center
13 – Al Jufairi Diagnosis and Treatment
14 – Al Ahmadani Medical Center
15 – Imara Health Care
16 – KIMS Qatar Medical Center
17 – Allevia Medical Center
18 – Aster Medical Center Plus – Almuntazah
19 – Al Jameel Medical Center
20 – Atlas Medical Center
21 – Al Tahrir Medical Center
22 – Naseem Al Rabeeh Medical Center Doha
23 – Naseem Al Rabeeh Medical Center
24 – New Naseem Al Rabeeh Medical Center
25 -Aster Medical Center – Al Khor
26 – Al Kayyali Medical Center
27 – Abeer Medical Center
28 – Al Esraa Polyclinic
29 – Value Medical Complex
30 – Asian Medical Center W.LL
31 – Dr. Maher Abbas Ployclinic
32 – Sidra Medicine
33 – Al Mansoor Polyclinic
34 – Nova Health Care
35 – Al Sutan Medical Center
36 – Al Fardan Medical With Northwestern Medicine
37- Raha Medical Center W.L.L.
38- Al Shefa Poluclinic D-Ring Road
39 – Planet Medical Center
40- Qatar Petroleum- Al Salata
41- Al Shefa Polyclinic – Al Kharaitiyat
42 – Aster Medical Center Plus
43- Wellcare Polyclinic
44- Tadawi Medical Center
निजी स्वास्थ्य केन्द्रमा जँचाउदा केही शुल्क भने लाग्ने सक्ने छ ।