इजराइल आक्रमणमा ज्यान गुमाएकाहरुको अन्त्यष्टि गरियो

कतारमा इजराइल आक्रमणमा सहिद भएका छ जनाको अन्त्यष्टि गरिएको छ ।

बिहीबार दोहास्थित इमाम अब्दुल वहाब मस्जिदमा सयौं श्रद्धाञ्जलीकर्ताहरु भेला भई सहिदहरुलाई अन्तिम विदाई दिएका थिए। सहिदहरुमध्ये पाँच जना फिलिस्तीनी थिए भने २२ वर्षिय कर्पोरल बदार अल-हुमैदी अल-दोसरी, कतारको आन्तरिक सुरक्षा बल (लेख्विया) का सदस्य रहेका थिए।

जनाजामा कतारका आन्तरिक मामिला मन्त्री, लेख्विया प्रमुख शेख खालिफा बिन हमद अल थानी, अमीरका प्रतिनिधि शेख जासिम बिन हमद अल थानी, तथा कतार ओलम्पिक समितिका अध्यक्ष शेख जोआन बिन हमद अल थानी लगायतका उच्च अधिकारीहरु पनि सहभागी भएका थिए।

सहिदहरुको पार्थिव शरीरलाई अन्ततः मेसाइमिर कब्रिस्तानमा दफन गरिएको थियो, जहाँ अमीर शेख तामिम पनि उपस्थित थिए।

मंगलबार इजराइलले दोहाको एक आवासीय क्षेत्रमा रहेको भवनलाई लक्षित गरी आक्रमण गरेको थियो, जहाँ हमासका वार्ता टोलीका सदस्यहरु बसोबास गर्दै आएका थिए। सो क्षेत्रमा विद्यालय र दूतावाससमेत रहेका कारण आक्रमणले व्यापक आक्रोश निम्त्याएको छ।

इजराइलले मुख्य वार्ताकार खलिल अल-हय्यालाई लक्षित गरेको दाबी गरेको थियो, तर सो आक्रमणमा पाँच जना तल्लो तहका हमास सदस्यहरु मारिए, जसमा अल-हय्याको छोरा हुमाम पनि समावेश थिए।

कतारी अधिकारीहरुले बुधबार आक्रमणस्थलमा खोजी कार्य गर्ने क्रममा अझै दुई जना हराइरहेका व्यक्तिहरुको अवशेष भेटिएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
44
दुःख लाग्यो
रुन मन लाग्यो
12
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
Back to top button