मंगलबार सम्म कुहिरो लाग्ने

कतार मौसम विभागले भोलि शुक्रबार(२९/१२/२०१७) देखि मंगलबार (२/१/२०१८) सम्म राति देखि बिहान कुहिरो लाग्ने अनुमान गरेको छ।

विभागले हिजो जारी गरेको रिपोर्ट अनुसार आज राती तापक्रम केही बढ्ने र भोलि बिहान देशको केही भागमा कुहिरो लाग्न सक्ने जनाएको छ।त्यस्तै कुहिरोको अवस्था फैलिदै शनिबार,आईतबार र सोमबारको मध्यरात देखि बिहानको समयसम्म रहनेछ।कुहिरो मंगलबार पनि रहने सम्भावना रहेको छ।साथै सो समयमा कुहिरोको कारण प्रतक्ष्यता घटेर १ किलोमीटर भन्दा कम रहनेछ।

उच्च वायु प्रणालीको कारण कुहिरोको स्थिर मौसम देखापर्ने विभाले जानकारी गराएको छ।यस्तो अवस्थामा हल्का वायु सँगै रातको समय मौसम सफा रहनेछ।सो समयमा आवश्यक सजगता अपनाउन र मौसम अपडेटको लागि विभागको आधिकारिक सामाजिक सञ्जाल हेर्न विभागले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button