हिमालय एयरलाइन्सको तेस्रो उडानका लागि नामावाली प्रकाशित

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको अनुरोधमा नेपाल फर्कने फारम भरे बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि सुची नेपाली दूतावासले प्रकाशित गरेको छ । उक्त उडानको मिति र समय भने तय हुन् बाँकी रहेको दूतावासले जानकारी दिएको छ ।

साथै उक्त एयरलाइन्सको भोलि २४ जुन को लागि तय भएको दोश्रो उडानमा केही सिटहरु अझै बाँकी रहेको र २२ जुनको सूचीमा नाम भई विविध कारणले टिकट काट्न छुटेका, २४ जुनको उडानका लागि सूचीमा नाम भएका तथा हालको सूचीमा नाम भएका र अत्यन्त जरुरी परेका व्यक्तिहरुले एजेन्सीमा सम्पर्क गरी टिकट काट्न सकिने दूतावासले जानकारी गराएको छ ।

कहाँ सम्पर्क गर्ने ?

Cleopatra Travels, Doha,
(D-Ring Road,Building No 51,
Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button