एएफसी यु–२० : नेपालले आज कतारको सामना गर्दै

बहराईनमा शनिबारदेखि शुरु भएको एएफसी यु–२० एसियन कप छनौटमा नेपालले आज समूको बलियो टोलि कतारको सामना गर्दैछ । शेख अलि बिन मोहम्मद अल खलिफा रंगशालामा खेल कतारी समय अनुसार राती ९:३० बजे सुरु हुनेछ ।
समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग २–० ले हारेको थियो । कतारले आज समूहको आफ्नो पहिलो खेल खेल्दैछ । उता बहराइन र बाङ्लादेशले गोलरहित बराबरी खेलेको छ ।
समूह बी मा नेपाल, भुटान र कतारसँगै आयोजक बहराईन र बंगलादेश रहेका छन् ।