साउदी हुँदै नेपाल जाने नेपालीलाई भिसा लिन दूतावासको आग्रह

दोहा- दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुअघि आवश्यक भिसा प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

दूतावासले जारी गरेको विशेष सूचनामा कतारमा वैध आवासीय अनुमति (कतार आईडी) भएका र साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल जान चाहने नेपाली नागरिकहरूले अनिवार्य रूपमा साउदी पर्यटक भिसा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ।

उक्त भिसा आवेदन दोहास्थित ताशीर साउदी भिसा सेवा केन्द्र मार्फत दिन सकिने दूतावासले जनाएको छ। सो सेवा केन्द्र अल घराफा स्थित एजदान मल, अल राय्यान (Ezdan Mall Al Gharaafa) मा रहेको छ। आवेदन दिनुअघि अनलाइनमार्फत समय लिएर (अपोइन्टमेन्ट बुक गरी) प्रक्रिया पूरा गर्नुपर्ने दूतावासले स्पष्ट पारेको छ।

दूतावासका अनुसार हालको क्षेत्रीय अवस्थाका कारण साउदी अरेबियाका विमानस्थल हुँदै यात्रा गर्दा सम्बन्धित भिसा आवश्यक पर्ने भएकाले यात्रुहरूले यात्रा अघि आवश्यक कागजी प्रक्रिया मिलाउनुपर्नेछ।

थप जानकारीका लागि आवेदकहरूले ताशीर साउदी भिसा सेवा केन्द्रको फोन नम्बर 50660622 मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

नेपाली राजदूतावास, दोहाले उक्त सूचना आज १४ मार्च २०२६ मा जारी गरेको हो।

कहाँबाट लिन सकिन्छ?

Tasheer Saudi Visa Service Centre,
Ezdan Mall Al Gharrafa – Al Rayyan, Qatar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
44
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button