साउदी हुँदै नेपाल जान चाहने लाई अनलाइन अपोइन्टमेन्ट अनिवार्य : नेपाली राजदूतावास, दोहा

दोहा, कतार – नेपाली राजदूतावास, दोहाले कतारमा बसोबास गरिरहेका र साउदी अरबको सडक मार्ग हुँदै नेपाल जान चाहने नेपाली नागरिकहरूका लागि विशेष सूचना जारी गरेको छ।
विशेष गरी अति जरुरी अवस्थामा कतारबाट साउदी अरबका एयरपोर्टहरू प्रयोग गरी नेपाल फर्कन चाहने र वैध कतार आईडी भएका नेपालीहरूले अब अनिवार्य रूपमा अनलाइनमार्फत भिसा आवेदनको अपोइन्टमेन्ट लिनुपर्नेछ।
प्रमुख प्रक्रियाहरू:
-
अनलाइन अपोइन्टमेन्ट: सेवाग्राहीले https://vc.tasheer.com/ वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ।
-
वेबसाइटमा छनौट: वेबसाइट खुलेपछि बक्समा “Qatar-English” विकल्प छनौट गरी आवश्यक विवरणहरू भर्नुपर्नेछ।
-
भिसा सेन्टर: अपोइन्टमेन्ट लिएपछि ताशिर भिसा सेन्टर (Tasheer Visa Center), अल घराफा मा जानुपर्नेछ।
आवश्यक कागजातहरू:
अपोइन्टमेन्ट लिएको मिति र समय भन्दा कम्तिमा १५ मिनेट अगाडि निम्न कागजातहरू सहित उपस्थित हुन अनुरोध गरिएको छ:
१. अपोइन्टमेन्ट लेटरको प्रिन्ट कपी (Printed copy)
२. सक्कल राहदानी (Original Passport)
३. अन्य आवश्यक कागजातहरू (कतार आईडी, आदि)
विशेष जानकारी:
-
भिसा आवेदन शुल्क सोही ताशिर भिसा सेन्टर मै बुझाउनुपर्नेछ।
-
यो व्यवस्था विशेष गरी साउदीको बाटो भएर नेपाल जान चाहनेहरूका लागि मात्र हो।