कतारतर्फ प्रहार गरिएका १४ मिसाइलमध्ये १३ अवरोध, क्षति नभएको पुष्टि

दोहा – कतारको रक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार इस्लामिक रिपब्लिक अफ इरानबाट कतारतर्फ १४ वटा ब्यालिस्टिक मिसाइल तथा केही ड्रोनमार्फत आक्रमणको प्रयास भएको जनाएको छ।

मन्त्रालयका अनुसार कतारका सशस्त्र बलले ती सबै ड्रोनलाई सफलतापूर्वक निष्क्रिय पारेका छन्। साथै प्रक्षेपित १४ मध्ये १३ वटा ब्यालिस्टिक मिसाइललाई पनि वायु प्रतिरक्षा प्रणालीमार्फत आकाशमै रोक्न सफल भएको बताइएको छ।

रक्षा मन्त्रालयका अनुसार एउटा मिसाइल भने जनघनत्व नभएको क्षेत्रमा खसेको पुष्टि गरिएको छ। उक्त घटनाबाट कुनै मानवीय क्षति वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाइएको छ।

कतारका सुरक्षा निकायहरूले देशको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्रतिरक्षात्मक उपायहरू प्रभावकारी रूपमा लागू गरिएको र स्थिति निरन्तर निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले देशको सुरक्षा तथा स्थायित्व कायम राख्न कतारका सशस्त्र बल पूर्ण रूपमा सतर्क अवस्थामा रहेको पनि स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
52
खुसी लाग्यो
दुःख लाग्यो
12
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button