कतारमा नेपाली महिला भलिबल टोलीको ऐतिहासिक जित, च्याम्पियनसिप कप नेपाललाई

तिलु शर्मा पौडेल,दोहा। कतारमा श्रमिक सहयोग तथा बीमा कोषको आयोजनामा भएको महिला भलिबल च्याम्पियनसिप कप–२०२६ को उपाधि नेपाली टोलीले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा नेपालले फिलिपिन्स ‘बी’ लाई २५–२३, २५–२१ र २५–१० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

कोसेली मगरको कप्तानी र प्रशिक्षक सागर बिकको नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टोलीले फाइनलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो सेटमा कडा प्रतिस्पर्धाबीच २५–२३ को जित निकालेको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेटमा भने नेपालले थप आक्रामक खेल प्रदर्शन गर्दै फिलिपिन्स ‘बी’ लाई २५–१० ले सहज रूपमा पराजित गर्‍यो।

उपाधिसँगै नेपाली टोलीले कप, मेडल र ५ हजार कतारी रियाल पुरस्कार प्राप्त गरेको छ। यसअघि सेमिफाइनलमा नेपालले फिलिपिन्स ‘ए’ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। व्यक्तिगत विधातर्फ नेपाली टोलीकी कप्तान कोसेली मगरले उत्कृष्ट खेलाडी (एमभीपी) को पुरस्कार जितिन् भने पुष्पा शाही उत्कृष्ट स्पाइकर घोषित भइन्। नेपाली टोलीले उत्कृष्ट युनिफर्मको पुरस्कारसमेत प्राप्त गर्दै थप २ हजार कतारी रियाल पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
120
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button