इद जून २५ तारिख : कतार क्यालेन्डर हाउस

यो वर्षको इद अल फित्रको पहिलो दिन जून २५ तारिख आइतबार पर्ने कतार क्यालेन्डर हाउसका खगोलविद विशेषज्ञ बेसिर मर्जौकले जानकारी दिएका छन्।

डा.बेसिरको अनुसार कतार क्यालेन्डर हाउसले गरेको खगोलिय हिसाबको आधारमा यो वर्षको रमदान महिना २९ दिनको मात्र रहने र यसको अन्तिम दिन जून २४ तारिख हुनेछ।तसर्थ सव्वल महिना(इद अल फित्र)को पहिलो दिन आइतबार जून २५ तारिख पर्नेछ।

खगोलविद बिशेषज्ञ डा.बेसिर मर्जौक

हामीले गरेको हिसाबको अाधारमा सव्वल महिना १४३८ एचको पहिलो चन्द्रमा २९ रमदान (२५ जून) शनिबारको दिन बिहान दोहाको लोकल समय अनुसार ५:३२ मा देखिने डा.बेसिरले थपेका छन्।

नँया चन्द्रमा दोहाको आकासमा जून २४ शनिबारको दिन सुर्य अस्ताएपछि पनि करिब १९ मिनेट सम्म रहनेछ।त्यस्तै साउदीको ठुलो पवित्र मस्जिद मकाह,मदिना र खाडी मुलुकहरुमा १८ देखि २२ मिनेट सम्म रहनेछ र यो खगोलिय टेलिस्कोप बाट मात्रै हेर्न सकिनेछ।

लुनार क्यालेन्डर हिज्रीकमा इद अल फित्र सव्वल महिनाको पहिलो दिन नै पर्ने गर्दछ भने सोलार क्यालेन्डर ग्रिगोरियनमा यो हरेक वर्ष एघार दिनले अघि सर्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button