कतारमाथि सम्बन्ध तोडेको प्रमुख चार राष्ट्रहरु बिच आज छलफल हुँदै

कतारमाथि कुटनीतिक सम्बन्ध तोडेको साउदी अरेबिया,संयुक्त अरब इमिरेट्स युएई,बहराइन,इजिप्ट राष्ट्रहरुको प्रमुख बिच आज बहराइनको राजधानी मनामामा वार्ता हुँदैछ । वार्तामा हाल भईरहेको विकसित समस्या र कतार विरुद्धको उपाय बारे छलफल हुने बहराइन न्यूज एजेन्सीले जानकारी दिएको छ ।
गत जुलाई ५ मा कायरोमा भएको सम्झौता कार्यन्वय गर्न,कतारले आतंकवादलाई गरेको सहयोगको मिलेर रोक्न,आन्तरिक मामिलाको हस्तक्षेप गर्न नदिन,आतंकवाद र अतिवादलाई सहयोग हुने कतारको नीति परिवर्तन गराउन र अरब तथा अन्तर्राष्ट्रिय सुरक्षा हटाउन बारे दोस्रो छलफल तय भएको हो ।
दुई दिन सम्म चल्ने छलफलमा ती चार राष्ट्रहरुले उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने समावेश भएको आफ्नो मागहरु समर्थन गर्न कतारलाई दबाब दिने इजिप्टको विदेशमन्त्रीले बताएका छन् ।साथै विवरणमा चार राष्ट्रहरुको समन्वय स्थान झल्कने,माग सहमति गर्न कतारलाई दबाब दिन र कतारले आतंकवादलाई गर्ने सहयोग बन्द गर्ने प्रतिबद्धता र ती राष्ट्रहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने कुराहरुमा छलफल हुने उल्लेख छ ।
कतारले मुस्लिम ब्रदरहुडसहितका आतंककारी समुहलाई सहयोग गरेको भन्दै गत जुन ५ देखि साउदी अरेबिया,संयुक्त अरब एमिरेट्स युएई,बहराइन,इजिप्ट लगायत अन्य राष्ट्रहरुले कतार संगको सम्बन्ध टुटाएको थियो ।खाडी समस्यामा टर्की,जर्मन,अमेरिका लगायतका देशहरु र मध्यस्तकर्ता कुवेतको पहल भएपनि हाल सम्म सम्बन्ध सुध्रिने छाटकाट देखिएको छैन् ।
