बिज्ञापन

६ महिना कटेको भए तेस्रो डोज खोप लगाउन पाउने

६ महिना अघि कोभिड-१९ को दुवै डोज लगाएका व्यक्तिहरू अब बुस्टर खोपका लागि योग्य भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसअघि यो समयसीमा ८ महिनाको थियो ।

खोप लगाएका व्यक्तिहरुमा ६ महिना देखि प्रतिरोधात्मक क्षमता घट्दै जाने स्वास्थ्य प्रमाण देखिएपछि बुस्टर डोजको म्याद घटाईएको मन्त्रालयले स्पष्ट पारेको छ। कोभिड १९ विरुद्ध उच्चस्तरिय सामुदायिक सुरक्षा जारी राख्न नयाँ मापदण्ड अनुसार १२ वर्ष भन्दा माथिका सबै उमेर समुहका योग्य व्यक्तिले तेस्रो डोज खोप लगाउनका लागि ढिला नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

भ्याक्सिन देशभरका सम्पूर्ण पीएचसीसी केन्द्रमा उपलब्ध रहेको छ । केन्द्रले योग्य व्यक्तिलाई सिधै सम्पर्क गर्न पनि सुरु गरिसकेको मन्त्रालयले बताएको छ । केन्द्रले सम्पर्क नगरेका योग्य व्यक्तिले ४०२७७०७७ मा फोन गरेर वा नर’आकोम एप प्रयोग गरि एपोइन्टमेन्ट लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
14
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button