बिज्ञापन

तलब नदिने ३१४ कम्पनी कारबाहीमा परे

तलब नदिने ३१४ कम्पनी कारबाहीमा परेका छन् ।

अक्टोबर र नोभेम्बर महिनाभित्र श्रम मन्त्रालयले  गरेको निरीक्षणमा सार्वजनिक सेवा र निर्माण क्षेत्रका ती कम्पनीहरुले आफ्नो कामदारलाई तलब दिन ढिला गरेको वा तलब नै नदिएको भेटिएको छ । मन्त्रालयले श्रम कानून उल्लंघन गर्ने ती कम्पनीहरुलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको बताएको छ ।

यद्यपि कारबाहीमा पर्ने कम्पनीको नाम र सजायबारे मन्त्रालयले केही खुलाएको छैन । श्रमिकको हकहित र सुरक्षाका लागि आफू सधै सचेत रहेको मन्त्रालयले बताएको छ ।

प्रवासी कामदारहरूको हक अधिकार सुनिश्चित गर्न र रोजगारदाताले श्रम कानून नियमन गरेको नगरेको निरीक्षण गर्न मन्त्रालयले गुणस्तर  अभियान जारी राखेको मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
39
मनपर्‍यो
खुसी लाग्यो
185
खुसी लाग्यो
दुःख लाग्यो
19
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
30
हाँसो लाग्यो
रीस उठ्यो
8
रीस उठ्यो
बिज्ञापन

One Comment

  1. Goverment should do phisical audit of wage and salary from all employee under the delay payment or not follow wps law

Back to top button